शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
मोरङ - मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको ज्यान गएको छ ।
उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो । स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।
मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । हिजो विराटनगर-५ का ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।