अख्तियारका १४ सुरक्षाकर्मी र एक चालकमा काेराेना सङ्क्रमण पुष्टि

 साउन २०, २०७७ मंगलबार १४:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे केन्द्रीय कार्यालय टङ्गालका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ जना सुरक्षाकर्मी र एक जना चालकमा कोरोनाको सङ्क्रमण पुष्टि भएको अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीले बताउनुभयो ।

यसअघि गएको शुक्रबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म अख्तियारका १६ जनामा सङ्क्रमण पुष्टि भएको अख्तियारका सञ्चार विज्ञ अधिकारीले जानकारी दिनुभयो ।

गएकाे शुक्रबार एक प्रहरीमा सङ्क्रमण पुष्टि भएपछि आइतबार एक सय ८२ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलन गरिएको स्वाबमध्ये १५ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङकाे काम भइरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया