एकै परिवारका १४ जनामा काेराेना सङ्क्रमण देखिएपछि रङ्गेली बन्द

 साउन २०, २०७७ मंगलबार १५:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको सङ्क्रमण भेटिएको छ । 

कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिनुभयो । 

केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमुना सङ्कलन कार्य भइरहेको उहाँको भनाइ छ ।

मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाण्डौ हुँदै रङ्गेली घर आएका थिए । नगरपालिकाका अनुसार झण्डै एक महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् । 

दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटलमा बनाइएको क्वरेण्टीनमा बस्नको लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ । त्यही वडाको सिफारिसको आधारमा उनी रङ्गेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चोकदेखि सुनवर्षा नगरपालिका पश्चिम, चिस्याङ खोला, उत्तरमा निचामारी वक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो ।

त्यसैगरी रङ्गेली अस्पतालको आकस्मिक सेवाबाहेकका सबै सेवा अर्काे सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।
 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया