शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमणको जोखिममा रहेको काठमाण्डाै उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको हो । शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाण्डाै आएकाले नजिकको स्वाब सङ्कलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब सङ्कलन गरी परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काठमाण्डाैमा जाेखिम बढिरहेकाेले स्वास्थ्य सुरक्षा र सतर्कतामा विशेष जोड दिन पनि आग्रह गरेको छ । सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कन, भिडभाड नगर्न र चाडपर्व घरमै बसी मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले स्वाब सङ्कलनका लागि १४ वटा अस्पताल तोकेको छ । पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पतालमा स्वाब सङ्कलनका लागि सम्पर्क गर्न भनिएको छ ।
साथै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पताल लेभल १, २ र ३ मा पनि स्वाब दिन सकिने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Katak sodari
Aug. 4, 2020, 5:01 p.m.फ्री मा हो कि शुल्क तिर्नु पर्छ???