कोरोना सङ्क्रमित आमाले पनि शिशुलाई दूध चुसाउनु : मन्त्रालय

 साउन २०, २०७७ मंगलबार १७:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आमालाई कोरोना सङ्क्रमण भए पनि शिशुलाई दूध चुसाउन आग्रह गरेको छ ।

आमालाई कोरोना सङ्क्रमण भएमा पनि दूध चुसाउँदा शिशुलाई कोरोना सर्ने कुरा प्रमाणित नभएकोले शिशुलाई दूध खुवाउँदा समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तर सङ्क्रमित आमाले मास्क लगाउनु पर्ने तथा शिशुलाई दूध चुसाउनुअघि साबुन पानीले राम्रोसँग हात मिचीमिची धुनुपर्ने र दूध चुसाउनुअघि दूधको मुन्टालाई राम्रोसँग सफा गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यदि सङ्क्रमित आमाको अवस्था गम्भीर भएर दूध चुसाउन नसकेमा परिवारका सदस्यले आमाको दूध निचोरेर सफा भाँडामा राखी खुवाउन पनि उहाँले आग्रह गर्नुभयो । शिशुको लागि आमाको दूध उत्तम आहार हो, यसले शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सबै किसिमका पोषण तत्व प्राप्त हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमित आमाले शिशुलाई दूध चुसाउँदा सङ्क्रमणको जोखिम हुने भन्दा फाइदा धेरै भएको बताएको छ । हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता विश्व स्तनपान दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया