काठमाण्डाैमा ४८ सहित उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण

 साउन २०, २०७७ मंगलबार १७:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा थप ६२ जनामा कोरोनाकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित कोरोना अपडेटमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डाैमा ४८, ललितपुरमा एक र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयाे । 

पछिल्लाे समय काठमाण्डाै उपत्यकामा काेराेनाकाे जाेखिम बढेसँगै परीक्षणकाे दायरालाई व्यापक बनाइएकाे मन्त्रालयले दाबी गरेकाे छ । 

पछिल्लाे २४ घण्टामा देशभर दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लाे २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया