आज विश्व रेडियो दिवस मनाइँदै
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्राे व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मन्त्रालयले मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न आग्रह गरेको हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सर्जिकल तथा अरु किसिमको मास्क लगाउन सम्भव नभएमा कपडाको तीन पत्रे मास्क सिलाएर भए पनि अनिवार्य लगाउन आग्रह गर्नुभयो ।
अरुसँग बोल्दा थुकका छिटा आउन सक्ने भएकोले जोसुकैसँग कुराकानी गर्दा, पसलमा जाँदा वा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । कपडाको मास्क लगाएको भएमा दिनदिनै साबुन पानीले धोएर लगाउन सकिने पनि प्रवक्ता गौतमले बताउनुभयो ।
मलाई कोरोना सङ्क्रमण भएको छैन तर मेरो आसपासका सबैलाई कोरोना भएको हुन सक्छ भनेर आफूलाई बचाउन सबैले सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रवक्ता गौतमले बताउनुभयो ।
साथै मन्त्रालयले घरमै बसेर भिडभाड नगरि चाडपर्व मनाउन भन्दै पाहुना नबोलाउन र आफू पनि पाहुना लाग्न नजान आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।