काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेसँगै उपत्यका भित्रिने नाकामा थप कडाइ

 साउन २१, २०७७ बुधबार १८:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ । 

सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाण्डाै प्रवेश गर्नेकाे सङ्ख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब सङ्कलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश गर्दा पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने, उपत्यका प्रवेश गरेपछि अर्को गाडीमा आउने गरेका यात्रुलाई पनि रोक लगाइएको छ । प्रहरीले बुधबार पैदल हिँडेर उपत्यका प्रवेश गर्न खोज्ने विना पासका यात्रु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपराह्नसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।

उपत्यका बाहिरबाट आउनेमा सङ्क्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाइ गरेको हो । मङ्गलबार मात्रै उपत्यकामा ६२ जना सङ्क्रमित थपिएका थिए । नागढुङ्गा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाइ गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । नाकामा गरिएका १० हजार आठ सय ५३ वटा पीसीआर परीक्षणमा ४० जनामा सङ्क्रमण पोजेटिभ देखिएको हो ।    

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया