शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकासहितका जिल्लामा आजदेखि गाडीमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।
दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर-बिजोर लागू गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ ।
दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । गृह मन्त्रालयकाअनुसार अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।
स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ । भारतमा सङ्क्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न मन्त्रालयले भनेको छ ।
यस्तै सङ्क्रमण बढेका जिल्लामा निषेधाज्ञा जारी हुन थालेको छ । १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
पर्सा, बारा, बाँके, सर्लाही, सप्तरी र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा छ ।
नुवाकोट विदुर नगरपालिकाका विभिन्न क्षेत्र, धनुषाको जनकपुर उपमहानगर र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।