शनिबार रातिदेखि मनसुन सक्रिय हुने, झरीको संभावना

 साउन २२, २०७७ बिहीबार ७:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दिउँसो कम पानी पर्दा गर्मी बढेको छ । मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो ।

दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना छ । 

आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो । 

तर पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न उहाँको सुझाव छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया