सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखियो, बालीनालीमा सामान्य क्षति

 साउन २२, २०७७ बिहीबार ८:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङ सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखिएको छ ।

धेरै दिनपछि हिजो बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो । 

बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको उहाँले बताउनुभयो । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए । 

पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने हुमागाईँले भनाइ छ । यसैबीच सीमावर्ती भारतमा रहेका सलहका झुण्ड भने तत्काल नेपाल आउने सम्भावना छैन।

अहिले तत्काल आउने सम्भावना नदेखिए पनि ढुक्क भएर भने बस्न नहुने उहाँले बताउनुभयो । अझै एक महिनाजति सलह छिर्नसक्ने जोखिम कायमै रहेकाले ख्याल गर्न प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया