भक्तपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

 साउन २२, २०७७ बिहिबार ११:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भक्तपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । 

भक्तपुर नगरपालिका-१० मा प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरले ठक्कर दिँदा भक्तपुरकै भोलाछेकी ४१ वर्षकी सुन्दरी सुवालको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 

हिजो ठक्कर दिँदा घाइते भएकी सुवालको न्यूरो अस्पताल बाँसबारीमा आज बिहान ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया