प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना, अहिलेसम्म ८५ जनालाई सङ्क्रमण

 साउन २२, २०७७ बिहिबार १४:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

आज थप १० जनामा सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जानकारी दिनुभयो । योसँगै प्रहरी प्रधान कार्यालयका ८५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता कडायतले सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो ।

 नेपालमा अहिले कोरोना सङ्क्रमित २ सय जना प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ११९ जना प्रहरीले कोरोनालाई जितेका छन् । 


 

अन्तिम अपडेट: साउन २३, २०७७

तपाईको प्रतिक्रिया