पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना सङ्क्रमण, अहिलेसम्म ६५ जनाको मृत्यु

 साउन २२, २०७७ बिहीबार १६:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लाे पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो ।

मोरङको रङ्गेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारकाे लागि कोशी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय  पुरुषको पनि कोशी अस्पतालमै साउन २१ गते उपचारकाे क्रममा मृत्यु भएको हो ।

सर्लाहीको मलङ्गवा ८ का ६५ वर्षीया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारकाे क्रममा निधन भएको मन्त्रालयले जनाएकाे छ । यस्तै धनुषाकाे मिथिला नगरपालिका १० की ७२ वर्षीया वृद्धाको साउन १७ गते उपचारकाे क्रममा ओम अस्पताल काठमाण्डाैमा मृत्यु भएको हो । दम उच्च रक्तचापकी बिरामी उहाँमा निमोनियाको पनि समस्या थियो ।

सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डाक्टर गाैतमले बताउनुभयो । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।

नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्ला कोरोनामुक्त छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमित नरहेकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया