काठमाण्डाैमा ७६ सहित उपत्यकामा थप ८७ जनामा कोरोना सङ्क्रमण

 साउन २२, २०७७ बिहीबार १६:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकामा ८७ सहित देशैभर तीन सय ६० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार काठमाण्डौमा ७६, ललितपुरका १० र भक्तपुरका एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लाे केही हप्तायता काठमाण्डाैमा उपत्यकामा पनि काेराेनाकाे जाेखिम बढ्दै गएकाे छ । यही अवस्थालाई ध्यानमा राखी काठमाण्डाै उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकामा काेराेनाकाे परीक्षणलाई तीव्र बनाइएकाे छ ।  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया