शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा सङ्क्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।
दिनदिनै काेराेना सङ्क्रमितको सङ्ख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गर्नुभयो । गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उहाँले अपिल गर्नुभयो ।
यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सङ्क्रमणको दर उच्च रहेकाले प्रदेश सरकार र पालिकालाई सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो ।
उपत्यकालगायत घनाबस्ती भएका क्षेत्रमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सकलगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । सङ्क्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।