‘युट्युबरकाे भिडका कारण केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि उद्धार’

 साउन २२, २०७७ बिहीबार २०:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय बाल अधिकार परिषद्ले कपनको आकाशे धारामा रहेको केयर बाल गृहका बालबालिका असुरक्षित भएपछि उद्धार गरिएको जनाएको छ ।

एक शिशु बेबारिसे अवस्थामा भेटिएकाे झुटो घटनापछि बाल गृहमा पत्रकार र चन्दादाताको भिड लागेको र त्यहाँको हल्ला र भिडभाडले केन्द्रमा रहेका ११ जना बालबालिकामा मानसिक र सामाजिक असर पर्ने भएकाले उनीहरुको उद्धार गरिएको बाल अधिकार परिषद्ले जनाएको छ ।

केन्द्रले साउन १२ गते बेबारिसे अवस्थामा एक शिशु भेटिएपछि बाल गृहमा युट्युबर र चन्दादाताको अत्यधिक भिडभाड भएको थियो । तर केही दिनपछि बेबारिसे भनिएको शिशुकी आमा काठमाण्डौमै रहेको खुलेको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया