शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - स्याङ्जामा कोरोना सङक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन बढाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न र नगराउन भनिएको छ ।
सार्वजनिक ठाउँमा मास्क नलगाउने, दूरी कायम नगर्ने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका काम गरेको भेटिए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । यसअघि साउन १३ गतेको बैठकले स्याङ्जामा १० दिन लकडाउन गर्ने निर्णय गरेको थियो ।
नुवाकोटमा आवागमनमा कडाइ र सार्वजनिक सेवा प्रवाह कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आजदेखि जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका गाडी अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवा, अनुमतिप्राप्त गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालकाअनुसार होटल, लज तथा रेष्टुरेन्ट, धार्मिकस्थलमा सामूहिक भेला, मेला, जात्रा, पर्व तथा समारोहमा रोक लगाइएको छ ।
आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक पालिकाका लागि हप्तामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय भएको छ । नुवाकोट र स्याङ्जासहित कोरोना सङ्क्रमण बढेका १४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । नुवाकोट, स्याङ्जा, पर्सा, बारा, बाँके, सर्लाही, सप्तरीमा जिल्लाभर तथा धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा सङ्क्रमण देखिएका ठाउँमा मात्र निषेधाज्ञा छ।
धनुषाको जनकपुर उपमहानगर र क्षिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका-५ र केदारस्युँ गाउँपालिका-६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन नगर्ने, तर सङ्क्रमण बढी देखिएका ठाउँमा लकडाउन गर्ने योजना बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।