शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – यो वर्ष मनसुन सक्रिय भएयता अहिलेसम्म विभिन्न विपद्मा परेर दुई सय जनाको ज्यान गएको छ । नेपाल जेठ ३० गतेदेखि मनसुन सुरु भएकाे हाे ।
पहिरोमा परेर एक सय ७६, बाढीमा परेर पाँच र चट्याङ लागेर १९ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदमा परेर ५४ जना अझै हराइरहेका छन् भने एक सय ९० जना घाइते भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा विपद्का १० वटा घटना भएका छन् । घटनामा परि चार जनाको ज्यान गएको छ भने ३८ लाख ५७ हजार रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
झापाको कमल गाउँपालिका ५ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीले घरसमेत भत्काएको छ ।
यस्तै दैलेखको महाबुगाउँपालिका ५ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बैतडीको डिलासैनी गाउँपालिका ४ मठैराजमा पहिरोले घर भत्काउँदा आमा र छोराको च्यापिएर ज्यान गएको छ ।
यसैबीच सिरहाको गोलबजार नगरपालिका २ मा धुपबाट आगलागी हुँदा स्टेसनरी पसल नष्ट भएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका १० मा विद्युत् शर्ट भइ आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको छ ।
यता पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ३ मा पर्ने बेनी मालढुङ्गा सडकखण्ड बन्द भएको छ ।
साथै अबको २४ घण्टाभित्र कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार कन्काई पश्चिम, वाग्मती, कमला, राप्ती, बबई र यसका सहायक नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Aug. 7, 2020, 4:25 p.m.होइन यो प्राधिकरण को गठन चाही आफ्ना मान्छेलाई जागिर खुवाउन मात्र गरेको रेछ ? कुनै काम त गरेको देखिदैन त । सबै बिपद ब्यबस्थापन सुरक्षा कर्मिले फुको चाउ चाउ चिउरा खाएर ज्यान छोडेर गर्छन यिनिहरु करोडौ खाएर गरेको काम चाही यही सुचना हो ? त्यो पनि अर्काले त्यार गरेर समाचार मा आइसके पछी आएको छ । यो कुन पार्टिको कुन नेताको गुट को भ्रात्री संठन रेछ ?