‘गम्भीर लक्षण भएका सङ्क्रमित बढेका छन्, आईसीयू र भेन्टिलेटरको सङ्ख्या तत्कालै बढाऊ’

 साउन २३, २०७७ शुक्रबार १५:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ ।

सङ्घले विज्ञप्तिमार्फत पछिल्लो समय थपिएका सङ्क्रमितमा गम्भीर लक्षण देखिएको हुँदा तत्कालै उपचार आवश्यक पर्ने देखिएकाले भेन्टिलेटरसहितका आईसीयू बेड, जनरल बेड, अक्सिजन र औषधीको मात्रा तत्कालै बढाउन आग्रह गरेको हो ।

सङ्घले सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग गरेको छ । अत्यन्तै जोखिमपूर्ण अवस्थामा काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको जोखिम भत्तामा विभेद नगर्न पनि चिकित्सक सङ्घको माग छ ।

नेपालमा अहिलेसम्म ८० भन्दा धेरै स्वास्थ्य संस्थाका ५१ जना डाक्टर र एक सय ७० जना स्वास्थ्यकर्मी गरी दुई सय २१ जनामा कोरोना पुष्टि भएको छ ।  

 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • नारायण बस्न्यात , त्रियुगा न पा, उदयपुर

    Aug. 7, 2020, 4:52 p.m.

    कोरना संक्रमणको लडाइँमा विजय प्राप्त गर्न अथक प्रयासमा जुटिरहनु हुने सम्पुर्ण चिकित्सककर्मिहरुलाइ सलुट गर्न चाहन्छु।अहिले सम्पुर्ण चिकित्सककर्मिहरु आफ्नो ब्यक्तिगत जीवनभन्दा माथि उठेर सामिहिक र रास्ट्रिय स्वार्थको लागी अहोरात्र कोरना मुक्त समाजको अभियानमा सिपाहिको भुमिका निर्वाह गरिरहनु भएको कुरा हामीले अनुभव गरिरहेका छौँ । तर जसै संक्रमणले ब्यापकता लिदै छ, त्यही अनुपातमा अस्पतालहरुमा अत्यावश्यक भेन्टिलेटर लगायतका उपकरणहरुको अभाव हुनुले चिकित्सकहरु बिना हाततियार शत्रुसग होमिने सिपाही जस्तै भएन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया