कार्यालयमा हुने बैठक र जमघट तत्कालै बन्द गर्न निर्देशन

 साउन २३, २०७७ शुक्रबार १६:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी र निजी कार्यालयमा हुँदै आएका भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न निर्देशन दिएको छ ।

काेराेना भाइरसकाे महामारी बढेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको र प्रदेश मन्त्रीमा समेत काेराेना पुष्टि भइसकेकाले भिडभाड नगर्न र अत्यन्तै सजक रहन मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गर्नुभयो ।

यसैबीच नेपालमा पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया