शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।
गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।
गएको सोमबार कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिका-१९ का ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको र आईसीयूमा उपचारका क्रममा गएराति ज्यान गएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ज्यान गुमाएका पुरुष मधुमेहको रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो जानकारी नियमित पत्रकार सम्मेलनमा मात्रै दिनेछ ।
नेपालमा अहिलेसम्म ४ लाख ३५ हजारको पीसीआर परीक्षण गर्दा साढे २२ हजारमा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १६ हजार ३ सय १३ जना निको भएका र ६ हजार २ सय ६ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।