आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १५ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।
सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।
यही महिनाको सुरुमा छत्तीसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २ सय ४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
नक्सलविरोधी अभियान सम्बन्धी विशेष महानिर्देशक डीएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शव प्रहरीले बरामद गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।