उद्योग अधिकृत र सडक इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

 साउन २५, २०७७ आइतबार १६:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका साताैं तहका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

ठेक्का पट्टाको अनुमति–पत्र बनाइदिने भन्दै ९६ हजार ३ सय रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीलाई पक्राउ गरेको थियो । सेवाग्राहीले पेश गरेका कागजात पुरा नभएको भन्दै बाँकी रहेका कागजात पेश नगरे काम नहुने डर देखाइ घुस लिएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो ।

यसैबीच, अख्तियारले बाग्लुङको ढोरपाटन नगरपालिका कार्यालयका इन्जिनियर मिलन अधिकारीविरुद्ध पनि विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाएर १ लाख रुपैयाँ घुस लिएको अधिकारीमाथि आरोप लागेको छ ।

उनले गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया