२७ प्रतिशतभन्दा धेरैले मास्क लगाउँदा नाक देखाउँछन्

२८ प्रतिशतले मास्क नै लगाउँदैनन्

 साउन २५, २०७७ आइतबार १७:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा २८ प्रतिशत मानिस मास्क नै नलगाइ सार्वजनिक ठाउँमा जाने गरेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा ७२ प्रतिशत मानिसले मात्रै मास्क लगाउने गरेको र २८ प्रतिशतले मास्क नै नलगाउने गरेको पाइएको परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

मास्क लगाउनेमध्ये पनि २७ दशमलव ३४ प्रतिशत मानिसले मास्क सही तरिकाले नलगाएको पाइएको छ । उनीहरुमध्ये केहीले नाक देखाएर, केहीले चिउँडोमा लगाएका थिए त केहीले हातमा समेत बोक्ने गरेको पाइएको डा. ज्ञवालीले बताउनुभयो । यस्तै मास्क लगाउनेमध्ये १५ दशमलव आठ प्रतिशत मानिसले कपडाको मास्क लगाउने गरेको पाइएको छ ।

परिषद्ले यही साउन २१ र २२ गते दक्ष जनशक्ति खटाएर जनस्वास्थ्य मापदण्ड अर्थात् सामाजिक दुरी, मास्कको प्रयोग र साबुन तथा स्यानिटाइजरको प्रयोगबारेमा अध्ययन गरेको थियो । तरकारी बजार, सपिङ मल, अस्पताल, बैंक, मठमन्दिर, सार्वजनिक यातायात, मालपोत कार्यालयलगायतका ठाउँमा अवलोकन विधिबाट गरेको अध्ययनमा ६८ दशमलव ७५ प्रतिशत सार्वजनिक ठाउँमा व्यक्तिगत दुरी कायम नभएको पाइएको परिषद्ले जनाएको छ ।

यस्तै २० प्रतिशत अस्पतालमा मात्रै व्यक्तिगत दुरी कायम भएको तर कुनै पनि अस्पतालको क्यान्टीनमा दुरी कायम नभएको पाइएको छ । हात धुनको लागि पानी तथा स्यानिटाइजर झण्डै ६० प्रतिशत ठाउँमा व्यवस्था गरेको पाइएको छ ।

सार्वजनिक यातायातमा गरेको अध्ययनमा ५० प्रतिशतभन्दा कममा मात्रै एक सिट छाडेर यात्रु राख्ने, स्यानिटाइजर राख्ने जस्ता व्यवस्था गरेको पाइएको पनि सदस्य सचिव ज्ञवालीले बताउनुभयो । अध्ययनका क्रममा मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको पालना जनस्तरबाट राम्रोसँग भएको नपाइएको र यसको लागि हरेक नागरिक सचेत हुनुपर्ने देखिएको पनि सदस्य सचिव ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया