स्वास्थ्य मन्त्रालयका ३ जनामा कोरोना सङ्क्रमण

 साउन २५, २०७७ आइतबार १७:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणको आशङ्कामा ८२ जनाको स्वाब सङ्कलन गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्क्रमित तीन जना कार्यालय सहयोगी हुन् ।

काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम बढ्दै गए पनि खासै सुरक्षा सावधानी अपनाइएकाे पाइँदैन । आइतबार मात्रै काठमाण्डौ उपत्यकामा ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लाे समय काठमाण्डाै उपत्यकामा काेराेनाकाे जाेखिम बढ्दै गएकाे छ । उपत्यकाका विभिन्न कार्यालयमा पनि काेराेना सङ्क्रमण देखिन थालेकाे हाे ।   
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया