अङ्गरक्षकलाई काेराेना देखिएपछि विष्णु पाैडेल आइसाेलेशनमा

 साउन २५, २०७७ आइतबार १७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अङ्गरक्षकलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । अङ्गरक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै महासचिव पौडेल होम आइसाेलेशनमा बस्नुभएको छ ।

एकैदिन गरिएको परीक्षणमा महासचिव पौडेलसहित व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उहाँका अङ्गरक्षकको भने पोजेटिभ आएको महासचिव पौडेलको निजी सचिवालयले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै महासचिव पौडेलका अङ्गरक्षकलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

महासचिव पौडेलले शनिबार मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको थियो । यसअघि अध्यक्ष प्रचण्डका केही सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया