नेकपाका ६१ सांसदले भने– 'पार्टी फुट्न दिँदैनाैँ'

 साउन २५, २०७७ आइतबार १९:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । 

सांसदहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरी पार्टी एकताको पक्षमा प्रतिबद्धता जनाएका हुन् । पार्टीभित्र देखिएको सङ्कट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभइ एकताको पक्षमा उभिएको भन्दै हस्ताक्षर गरी प्रतिबद्धता जनाएका हुन् । 

सांसदहरुले आफूहरु तीन वटै नेतालाई भेटन जाने नभइ तीन वटै नेताहरुलाई भेट्न आउने बनाउने बताएका छन् । सांसदहरुको हस्ताक्षरलाई विशेष अधिवेशन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्नसमेत आग्रह गरेका छन् । 

सांसदहरुको टाउको गनेर पार्टी विभाजन गर्ने सपना देख्ने नेताहरुको सपना पूरा हुन नदिन अभियान थालिएको स्पष्ट पारेका छन् । उनीहरुले पार्टी अहिले चौथो युगमा प्रवेश गरिसकेको र पाँचौँ युगलाई हस्तान्तरण गर्ने अवस्थामा सांसदहरुलाई कित्तामा विभाजन नगर्नसमेत नेतृत्वलाई चेतावनी दिएका छन् । 

सांसदहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्नसमेत आग्रह गरे । विचार धारा, वैचारिक र सङ्गठनात्मक हिसाबले सुदृढ कम्युनिस्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो कि पार्टीलाई टुटफुट र ध्वंस गरेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्नसमेत गरेका छन् । उनीहरुले नेतृत्वले समस्या समाधान नगरे हस्तक्षेपसम्म गर्न सक्ने बताएका छन् ।

हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्रीबाहेकका सङ्घीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पष्ट पारेका छन् । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाइँ गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । नेतृत्वले पार्टी निर्माण एकीकरणका लागि गरेको योगदानलाई सम्मान गर्ने तर व्यक्तिगत इच्छाका लागि गरेको सङ्घर्षमा साथ नदिने सांसदहरुले बताएका छन् ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया