प्रहरी हेडक्वार्टरका एक सय जना प्रहरीलाई काेराेना सङ्क्रमण

 साउन २५, २०७७ आइतबार १८:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा कार्यरतमध्ये अहिलेसम्म एक सय जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबारसम्ममा ९० जनामा सङ्क्रमण पुष्टि भएकोमा आइतबार थप १० जनालाई सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भइरहेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कडायतका अनुसार सङ्क्रमित प्रहरीको विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ ।

यस्तै नेपालभर अहिलेसम्म दुई सय दुई जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक सय ४९ जना उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया