यी हुन् कोरोनामुक्त र ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित हुने जिल्ला

 साउन २५, २०७७ आइतबार १९:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै सङ्घीय राजधानी काठमाण्डौसहित चार वटा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेकाे छ ।

काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लाे २४ घण्टामा थप तीन सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया