भारतले भन्यो– 'बुद्ध नेपालमै जन्मिएका हुन्, यसमा शङ्का छैन'

 साउन २५, २०७७ आइतबार १९:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए । 

त्यसलगतै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै बुद्ध नेपालमै जन्मिएको, यो विवादरहित, इतिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै खण्डन गरेको थियो । 

 

नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो । 

‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया