ठूलो पानी परेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, आज लगातार झरी नपर्ने

 साउन २६, २०७७ सोमबार ६:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै महाशाखाले ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 

पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् गंगा नगरकोटीको आग्रह छ ।

अहिले देशैभर हल्का वर्षा भैरहेको छ । मौसम पूर्णतया बदली भएसँगै देशैभर हल्का पानी परेको हो । आज दिउँसो पनि हल्का वर्षाको संभावना छ । 

तर लगातार झरी नपर्ने संभावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज राति पनि केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया