ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार गराइरहेका काेराेना सङ्क्रमितकाे मृत्यु

 साउन २६, २०७७ सोमबार १४:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ ।

निमोनिया र मधुमेहको समस्या रहेका ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएकाे ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताउनुभयो ।

मृतक पुरुष कलङ्की ट्याङ्ला फाँटका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया