पिउने पानीको पहिलो पटक अधिकतम खुद्रा मूल्य निर्धारण

 साउन २६, २०७७ सोमबार १५:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

एक कार्यक्रमका बीच विभागले पिउने पानीकाे मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै एक लिटर बाेत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ ।

उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ ।  

अन्तिम अपडेट: भदौ २, २०७७

1 Comments

  • Ganesh Neupane

    Aug. 11, 2020, 10:18 a.m.

    तोकेर मात्रै भएन पनि तर्जुमा हुन सक्नु पर्यो नि। हरेक कुरामा अनुगमन नगरी जे तोकिए पनि त्यसले कुनै मान्यता नराख्ने देशमा केइ पनि राम्रो छैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया