२४ घण्टामा ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

 साउन २६, २०७७ सोमबार १६:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । साेमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ ।

६ हजार सात सय ३८ जना अहिले देशका विभन्न ठाउँका आइसोलेशनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ७९ पुगेको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • suman aryal

    Aug. 10, 2020, 5:34 p.m.

    कतिजना पुगेको छ मृत्यु हुनेको संख्या ??????

  •  0 Reply

तपाईको प्रतिक्रिया