शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाे भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ ।
बार एसाेसिएसनले सोमबार गरेको पत्रकार सम्मेलनमा एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो । उहाँले २०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विसङ्गति/विकृति हटाउन नेतृत्व गर्ने भन्ने भए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभएको छ ।
झिना मसिना कुरामा सुधार भएको तर जनताले चाहेको खास कुराको समाधान हुन नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार एसाेसिएसनले न्याय सम्पादनमा भएका विकृति/विसङ्गति हटाउनुपर्ने भन्दै प्रधानन्यायाधीश समक्ष विभिन्न १७ बुँदे मागसहितको पत्र बुझाइसकेको जानकारी दिनुभयो ।
बारले एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणालीमार्फत पेसी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिएअनुसार एक बराबर तीनको रोस्टर बनाइ सार्वजनिक गर्न माग गरेको छ ।
यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानूकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराइ प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ ।
यस्तै वरिष्ठ अधिवक्ताको उपाधि आफूखुसी वितरण नगर्न, सबै पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउन र अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्नसमेत बार एसाेसिएसनले माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।