शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ उपत्यमा साेमबार थप ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
देशभर थप चार जनाको मृत्यु
गएकाे २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाण्डाैमा दुई जना तथा बाँके र पर्सामा एक/एक जना रहेका छन् ।
काठमाण्डाै महानगरपालिका १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाण्डाैकाे कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको साेमबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी बिरामी हुनुहुन्थ्यो ।
यस्तै पर्साको देवयानी १५ की ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ६ वटा जिल्लामा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या शून्यमा झरेर कोरोनामुक्त भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
केसब पौडेल
Aug. 10, 2020, 9:41 p.m.काठमान्न्डै अहिले rade zone मा परेको छ नाका मा कडाई ले मात्र पुग्दैन PCR लाई अजै जोड दिनु परो