भदौ दोस्रो हप्ता हुने भनिएको व्यवस्थापन संकायको परीक्षा स्थगित

 साउन २७, २०७७ मंगलबार ९:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भदौ दोस्रो हप्ताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । 

कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ ।

लकडाउन हटेसँगै त्रिविको व्यवस्थापन संकायले भदौ दोस्रो हप्ता परीक्षा लिने तयारी गरेको थियो ।

अन्तिम अपडेट: साउन २८, २०७७

तपाईको प्रतिक्रिया