शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २० जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ६० जना महिला र एक सय २३ जना पुरुष रहेकाे स्वास्थ्य था जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।