३ जना सङ्क्रमित भेन्टिलेटर र ८५ जना आईसीयूमा

 साउन २७, २०७७ मंगलबार १७:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा रहेका सक्रिय काेराेना सङ्क्रमितमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन् । उनीहरुलाई सघन उपचार आवश्यक भएर भेन्टिलेटरमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै ८५ जना सघन उपचार कक्ष (आईसीयू) मा रहेको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो । दुई सय २४ जना सङ्क्रमित भने होम आइसोलेसनमा रहेका छन् । नेपालमा अहिले सात हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको उपचारको लागि कुल ११ सय ३४ वटा आईसीयू कक्ष र पाँच सय ७६ वटा भेन्टिलेटर रहेकाे मन्त्रालयले जनाएको छ ।

यसैबीच चार जिल्लामा पाँच सयभन्दा धेरै सङ्क्रमित रहेका छन् भने ६ जिल्ला कोरोनामुक्त भएका छन् । पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौमा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको र सोलुखुम्बु, सङ्खुवासभा, मनाङ, मुस्ताङ डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमित शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया