कवाडी र फुटफाथको व्यापार बन्द, कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी

 साउन २७, २०७७ मंगलबार १७:२०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा बढीमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने भएका छन् ।

कोरोना भाइरसकाे सङ्क्रमण बढेको भन्दै मन्त्रिपरिषद्को बैठकले सरकारी र गैरसरकारी संस्थाका काम सकभर घरबाटै गर्ने र कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित हुन पाउने निर्णय गरेको हो ।

यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लाबाहेक दुई सयभन्दा धेरै सङ्क्रमित भएका एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसबारेमा निर्णय गरेर आदेश दिन सक्ने गरी मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । 

यस्तै अब फुटपाथका व्यापार र कवाडी सङ्कलन पनि बन्द हुने भएका छन् । फुटपाथमा व्यापार, कवाडी सङ्कलन कार्य गर्दा कोरोना रोकथामका सामान्य उपाय पनि नअपनाएकाले ती क्रियाकलाप बन्द गर्न सरकारले निर्देशन दिएको छ । यसको लागि सम्बन्धित पालिकाले समन्वय गर्नेछन् । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया