शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले चाडपर्वमा परिवारका सदस्यबाहेक अरु जमघट नगर्न निर्देशन दिएको छ । धार्मिक स्थलहरु नित्य पूजाको लागि मात्रै खोल्ने र भक्तजनको प्रवेश निषेध गर्न सरकारले निर्देशन दिएको छ ।
चाडपर्वमा पनि परिवारका सदस्य बाहेक अरुको जमघट नगर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको हो । गएको २२ गते स्वास्थ्य मन्त्रालयले चाड पर्व सुरु हुन लागेको भन्दै चाडपर्व र उत्सवसम्बन्धी मापदण्ड ल्याएको थियो । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने परिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने र भेटघाट गर्ने परेमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न भनेको छ ।
यस्तै सकेसम्म घरबाहिरको भेटघाटमा नजाने र जानै परेमा सहभागी हुँदा मास्क अनिवार्य लगाउने, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै धार्मिकस्थलमा हुने हरेक भेला कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने, टाढैबाट नमस्कार गर्ने, रेलिङ, देवी देवताका मूर्तिहरु र धेरै व्यक्तिले प्रयोगमा ल्याउन सक्ने सामग्री नछुन पनि मन्त्रालयले सचेत गराएको छ ।
खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्न, सम्भव नभए कुहिनो दाेब्र्याएरमुख छोप्ने गर्नुपर्छ । सार्वजनिक ठाउँमा जथाभाबी नथुक्न र ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएकाहरुलाई कार्यक्रममा भेला नहुन स्वास्थ्य मन्त्रालयको मापदण्डमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।