आईपीएल क्रिकेटमा आज हैदरावाद र बैंगलुरु खेल्दै
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप एक सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाण्डौका एक सय १० जना, ललितपुरका १६ जना र भक्तपुरका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनयता काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको छ भने समुदायस्तरमै भाइरस देखिन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।