शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – गएकाे २४ घण्टामा देशका विभिन्न ठाउँमा विपदका १५ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको र सात जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ । यी घटनामा नौ वटा चौपायासहित ५० लाखभन्दा धेरैको क्षति भएको छ ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाझ ककनीमा रहेको एक घर वर्षाका कारण भत्किँदा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको घटनास्थलमै ज्यान गएको र अरु पाँच जना घाइते भएकाे केन्द्रले जनाएको छ ।
यस वर्ष मनसुन सुरु भएयता अर्थात् गएको जेठ ३० गतेपछि बाढी, पहिरो तथा चट्याङबाट मात्रै दुई सय पाँच जनाको ज्यान गइसकेको छ । विपदमा परेर ५४ जना हराइरहेका छन् भने एक सय ९४ जना घाइते भएका छन् । यस अवधिमा पहिरोबाट एक सय ८० जना, बाढीबाट पाँच जना र चट्याङबाट २० जनाको ज्यान गएको हो ।
पहिरोमा ४३ र बाढीमा ११ जना हराइरहेका केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।