शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – लगातार परिरहेकाे पानीका कारण अवरुद्ध सडक खुलाउन समस्या भएको छ ।
केही सडकखण्ड लामो समय बन्द भएर फेरि सञ्चालनमा ल्याइए पनि बाढी, पहिरो र कटानले फेरि अवरुद्ध हुने गरेकाले खुलाउन समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।
केही सडकखण्डमा भने लगातार पानी परेका कारण पहिरो झनै थपिदै गएको छ । यस्ता सडक मर्मतका लागि सम्बन्धित ठाउँमा जानसमेत पहिरो पञ्छाउनुपर्ने समस्या भएको शर्माले बताउनुभयो । सडक खुलाउनका लागि आवश्यक उपकरण लैजान पनि समस्या भएको उहाँकाे भनाइ छ । शर्माका अनुसार पानी पर्न कम नभएसम्म कतिपय सडकखण्ड खुलाउन सकिने अवस्था छैन । तर पनि सम्बन्धित सडक डिभिजन कार्यालयलाई मर्मत गरेर सञ्चालनको प्रयास भने गरिरहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
लामो समय सडक बन्द हुँदा समस्या हुने भएकाले वैकल्पिक बाटो भएर यात्रा गर्न उहाँले सुझाव दिनुभएको छ । गएको दुई महिनायता बाढी र पहिरोका कारण बन्द भएका १९ वटा सडकखण्ड अझै सञ्चालनमा आएका छैनन् भने ७३ सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । लामो समयदेखि बन्द यी सडकखण्ड सञ्चालनमा अझै समय लाग्न सक्ने महानिर्देशक शर्माले बताउनुभयो ।
साँफेबगर–मार्तडी सडकखण्ड बन्द भएको एक महिना भन्दा धेरै भइसकेको छ । । बुढीगङ्गा नदीले कटान गरेपछि र ठाउँठाउँमा पहिरो गएकाले गएको असार २६ गतेदेखि यो सडकखण्ड अवरुद्ध भएको हो । यो सडकखण्ड खुल्न अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ ।
पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड सञ्चालनमा नआएको पनि एक महिना भन्दा धेरै भइसकेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड पनि गएको असार २६ गतेदेखि नै अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट–ताप्रीसेरा–घट्टेखोला लगायतका ठाउँमा पहिरो गएको छ ।
साउन ४ गतेदेखि बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं–रुप्से–खहरेखोला–का
ठाउँ–ठाउँमा पहिरो गएपछि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । साउन ६ गतेदेखि यो सडकखण्ड पनि ठप्प नै छ । यस्तै कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड पनि साउन १ गतेदेखि बन्द छ । विभिन्न ठाउँमा पहिरो खस्दा यो सडकखण्ड बन्द भएको हो ।
अरनीको राजमार्ग अन्तर्गत झ्याले, बुल्कोट सडकखण्ड ८ दिन देखि बन्द छ । लामो समय बन्द भएर २,४ दिन सञ्चालनमा आएको यो सडकखण्ड साउन २० गते सडक भासिएपछि फेरि बन्द भएको हो । सत्ती-भजनी -धनगढी सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डको कृष्णनगर र सोनापफाटामा बाढीले सडक बगाउँदा साउन १४ देखि बन्द भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तरर्गत पानीमिल सडकखण्ड बन्द छ । ठाउँठाउँमा पहिरो गएकाले साउन २५ गतेदेखि यो सडकखण्ड बन्द भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।