कान्तिपुरका सहायक सम्पादक बानियाँको शव मकवानपुरमा भेटियो

 साउन २८, २०७७ बुधबार १४:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ । 

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको हो । उहाँको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ । 

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । उहाँ पछिल्लो पटक काठमाण्डौको बल्खु चोकमा देखिनुभएको थियो ।

बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: भदौ २०, २०७७

तपाईको प्रतिक्रिया