शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप चार सय ८४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा चार सय ८४ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ ।
अहिले देशका विभिन्न ठाउँकाे आइसाेलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही धादिङ, र सप्तरीमा एक/एक जनाको काेराेना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Biswash
Aug. 12, 2020, 7:25 p.m.Job