शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले अहिले देशमा युवाको नेतृत्व र सकारात्मक भूमिकाको खाँचो रहेको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना महामारीको सङ्कट गहिरिँदै गएको बेला यसको व्यवस्थापनको लागि युवाको भूमिकाको खाँचो अरु बेलाको भन्दा बढी रहेको बताउनुभयो ।
उहाँले सबै युवाहरु अहिले आफू सुरक्षित हुँदै समुदायका जोखिम वर्गका मानिसलाई सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. गौतमले बुधबार अन्तर्राष्ट्रिय युवा दिवससमेत रहेको प्रसङ्गमा यस वर्षको नारा विश्वव्यापी कार्यक्रमका लागि युवाहरुको सहभागिता रहेको र यस वर्ष विश्वमै कोरोना महामारी रहेकोले यसको व्यवस्थापनमा युवाको सहभागिता खोजिएको बताउनुभयो ।
प्रवक्ता गौतमले आफू सुरक्षित रहन र रोकथामका काममा मेहनतका साथ लाग्न आग्रह गर्नुभयो । कोरोना महामारी युवाहरुको लागि प्राणघातक नरहने तर जोखिम वर्गसम्म भाइरस पुर्याउन युवाहरुको भूमिका हुन सक्ने भएकोले उनीहरु बढी सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले युवाहरुलाई बारम्बार साबुन पानीले हात धुन, भिडभाडमा नजान, अरुसँग हात नमिलाउन, आफ्नो परिवार वा समुदायमा सचेतना फैलाउन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका आफन्तलाई सहयोग गर्न, मिथ्या खबरहरु पहिचान गरी त्यस्ता खबर फैलनबाट रोक्न र स्वास्थ्य मापदण्ड पालनाका लागि समुदायलाई आह्वान गर्न आग्रह गर्नुभयो ।
महामारी रोकथामका लागि आफूले सक्ने सहयोग गर्न र आफूले गरेको काम सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट बाँडेर अरुलाई प्रेरित गर्न पनि प्रवक्ता गौतमले जाेड दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।