कम्पनी रजिस्ट्रारकाे काम अनलाइनबाटै

 साउन २८, २०७७ बुधबार १८:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कम्पनी रजिस्ट्रारकाे कार्यालयबाट हुने सेवा अब घरमै बसेर गर्न सकिने भएको छ । भदौ १ गतेदेखि कार्यालयबाट हुने सेवा अनलाइनमार्फत घरबाटै गर्न सकिने व्यवस्था गरिएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।

बुधबार एक सूचना निकालेर कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले भदौ १ गतेदेखि अनलाइनमार्फत पेस गरिएका कागजातलाई नै आधिकारिक मानेर काम गरिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको दुई प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल नबनाउने र अर्को पटक काम गर्दा अनलाइनबाट नै पेस गरिएका विवरण र विद्युतीय अभिलेखलाई आधार मानिने छ । यस्तै सबै खाले नयाँ/पुराना कम्पनीले अब कम्पनी ऐन २०६३ अनुसार कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदनलगायतका सबै विवरण अनलाइनबाट मात्रै बुझाउनु पर्नेछ । 

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया