काठमाण्डौमा १०९ सहित उपत्यकामा थप १३८ जनामा काेराेना सङ्क्रमण

 साउन २८, २०७७ बुधबार १८:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा एक सय नौ जना, ललितपुरमा २१ जना र भक्तपुरमा आठ जना नयाँ सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

काठमाण्डौ उपत्यकामा अहिलेसम्म एक हजार चार सय ५२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाण्डाैमा एक हजार एक सय ६७, ललितपुरमा एक सय ८० र भक्तपुरमा एक सय पाँच जनामा कोरोना पुष्टि भएको हो ।  

पछिल्ला दिन काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया